‘आ बाट आमा २’को टिजरले मच्चायो तहल्का : पल शाहको क्रेज फेरि देखियो

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आ बाट आमा २’को टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन्। युट्युबमा रिलिज भएको २१ घण्टामा नै १३ लाख दर्शकले पाएको छ भने ५२ सयभन्दा बढी सकारात्मक कमेन्ट पाएको छ। सोमबार ओएसआर डिजिटल युट्युबमार्फत रिलिज भएको टिजरमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता रमेश बस्नेतले पल शाहको क्रेज छुट्टैछ। उनका फ्यान जति हाजिर हौँ त भन्दा उनको कमेन्ट गर्नेको ओइरो लागेको छ।

अर्का कमेन्टकर्ता रमेश जोशी भन्छन्, ‘५४ चोटी हेर्ने म मात्र हुकी अरु पनि कोही हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।’ साथै, अर्का काशी बोहोराले आमा बुबा नहुनेका लागि यस्तो सिनेमा किन बनाएर रुवाएको होला भन्दै प्रश्न गरेका छन्। उनी लेख्छन्, ‘आमा बुबा नहुनेको लागि किन यस्तो मुभी बनाउँछ। हामी जस्तो अभागीलाई रुवाउन।

५ हजार ३ सय हाराहारी कमेन्टमा नकारात्मक कसैले लेखेका छैनन्। यो हेर्दा सिनेमाको हाइप निकै माथि देखिन्छ भने दर्शक सिनेमा हेर्न निकै आतुर छन्। सिनेमाको ३ मिनेट ३८ सेकेण्ड लामो टिजरमा कृष्ण (पल शाह)ले मलिका (मलिका महत)लाई बोकेर हिँडिरहेका छन् भने आमाको दबाई लिन हस्पिटल गएका पलले जिन्दगीभर मलिकालाई बोकेर हिँड्छु भन्ने जुन संवादले दर्शकलाई छुन्छ। साथै घरमा सतिरहेकी आमा (विपना थापा)लाई केही भयो कि भन्ने जुन हस्याङफस्याङको दृश्य देखिन्छ। त्यसले दर्शकलाई भावुक बनाउँछन्।

टिजरमा दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो। दशैँको जमरा र आमाको पर्खाइको कथा”लाई मुख्य विषयवस्तु बनाएको यो सिनेमामा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा, लगायतको मुख्य भूमिका रहनेछ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस सिनेमामा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। सिनेमाका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायाङ्कन, डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस सिनेमाको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल, डिजिटल पार्टनर रहेको यस सिनेमालाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

सम्बन्धित समाचारसबै