सृष्टि श्रेष्ठ ,सौगात मल्ल,निता ढुङ्गानाको भिडन्त : कात्तिक ३० मा

0 Shares

सिनेसुत्र, बिराटनगर-  मङ्गलवार नेपाली सिनेमा ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक गरिएको थियो ।

यो सिनेमा कात्तिक ३० गते प्रदर्शनमा आउने तयारी गरिएको छ।

सोही दिन निता ढुङ्गाना र हरिहर अधिकारीको निर्माण तथा अभिनयमा बनेको सिनेमा ‘ह्रस्व दीर्घ’ र सौगात मल्ल अभिनित सिनेमा ‘बम बहादुर’ पनि प्रदर्शन हुँदैछन्।

टिजरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठ बीचको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ, जसले अन्त्यमा सृष्टिलाई नाजिरले बन्धक बनाएको दृश्यमा पुगेर टुङ्गिन्छ। यसले सिनेमामा धोका र बदलाको कथावस्तु रहेको संकेत गर्छ।

‘केटी हराएको सूचना’को निर्देशन ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन्।

सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, र ललिता देवी मिश्रले पनि अभिनय गरेका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यस सिनेमाको स्क्रिप्ट दीपेन्द्र गौचनले लेखेका हुन् भने छायाङ्कन अमर महर्जनले गरेका छन्।

सम्बन्धित समाचारसबै