दर्शकको उत्कृष्ट प्रतिक्रियाबीच ‘झिंगे दाउ २’को नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- असोजको २ गतेबाट रिलिजमा आएको सिनेमा ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। सिनेमा हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन्। हलमा सिनेमा हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएका छन्।

यसैबिच, यसको निर्माणपक्षले सिनेमा रिलिज भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ।

निकै नै मार्मिक यो गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा यो गीत तयार भएको हो। गीतमा आमा घरमा नहुँदाको पीडा पोखिएको छ। आमा हुँदा घर कस्तो हुन्छ भनेर पनि गीतमा उल्लेख गरिएको छ। कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ।रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सिनेमाका सह–निर्माता हुन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। सिनेमाका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। यो गीत सार्वजनिक भएपछि दर्शकले सिनेमाको मर्मलाई अझै नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै