पल र मलिकाको रोमान्समा आकाशको आक्रोश : ‘आ बाट आमा २’को डान्सिङ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- यहीँ असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरूप सिनेमामा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियो रिलिज गरेको हो।

डान्सिङ गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ लगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। सामूहिक विवाहमा उनीहरूको नाच रहेको छ। दुलाहाहरूले समेत छमछमी नाचेका छन्, जुन दृश्य निकै उत्कृष्ट लाग्छ। यस गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन्।

उक्त गीतको भिडियो हिजो मात्रै सुटिङ गरिएको हो। यस गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनाम रहेका छन्। साथै सामूहिक स्वरमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको रहेको छ। गीतको भिडियो दर्शकले निकै रुचाएको देख्न सकिन्छ। पल शाह र मलिका महतको यो पहिलो सिनेमा सहकार्य हो।चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस सिनेमामा पल शाह, मलिका महत, बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।

यस सिनेमाको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह सिनेमा प्रोडक्सन एक्जिक्युटिभ रहेको यस सिनेमामा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। सिनेमाको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने सिनेमालाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

सम्बन्धित समाचारसबै