राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’को छायांकन सुरु : गोकर्णबाट थालियो पहिलो सेड्युल

0 Shares

सिनेसुत्र, बिराटनगर- राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि सुरु भएको छ। सिनेमाको पहिलो सेड्युल गोकर्णबाट सुरु गरिएको हो। निर्माण पक्षका अनुसार राजधानीमा चार दिन छायांकन गरेपछि सिनेमाको टोली चितवन जानेछ। सिनेमाको छायांकन ३५ दिनमा पूरा गर्ने तयारी छ।

प्रविण आचार्यको प्रस्तुतिमा बन्ने सिनेमामा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकार देखिनेछन्।सामाजिक तथा पारिवारिक कथामा बन्ने सिनेमाका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माता छन्। सिनेमाको कथा रामकृष्ण बजगाईंले लेखेका छन् भने पटकथा तथा संवाद चानस पुन मगरको हो। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा बन्ने सिनेमामा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ। जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा सिनेमामा जोडिएका छन्।

 

सम्बन्धित समाचारसबै