



सिनेसुत्र, बिराटनगर- शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको सिनेमा ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘माया’ बोलको यो मनमोहक रोमान्टिक गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो।
यो गीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको स्वर छ भने शैलेन्द्र खनालको शब्द र युग भुषालको संगीतले सजिएको छ।
गीतको भिडियोमा सिनेमाका प्रमुख पात्र नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमाको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी देख्न सकिन्छ।
सिनेमामा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यस सिनेमा जानुका थापाको लगानीमा बनेको हो भने अमित रिजाल कार्यकारी निर्माता रहेका छन्। सिनेमामा सुदिप बरालको छायांकन छ।