नीर शाहको मुख्य भूमिका रहने सिनेमा ‘हजुरबाले भनेथे’ निर्माणको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- लक्ष्मी पूजाको अवसर पारेर सिनेमा ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने सिनेमा सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको सिनेमाका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् ।

ए टु जेड क्लीनिङ सप्लायर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने सिनेमाका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने सिनेमाको सहनिर्माता हिमाल भण्डारी रहनेछन् ।नीर शाह हजुरबुबाको भूमिकामा देखिने सिनेमामा उनका नाति को बन्ने भन्ने टुङ्गो लागिसकेको छैन । सिनेमाका अन्य कलाकार तथा प्राविधिक टिमको जानकारी निर्माण टिमले चाँडै सार्वजनिक गर्ने जनाएको छ । सिनेमामा दुई नायक र दुई नायिका रहनेछन् ।

माघ महिनामा छायांकनमा जाने सिनेमाको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत जुम्लामा गरिनेछ । सिनेमा ‘परान’ पछि नीर शाह यस सिनेमामार्फत शीर्ष भूमिकामा देखिँदैछन् । कमेडी तथा पारिवारिक कथामा आधारित यस सिनेमाले दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने लक्ष्य राखेको छ ।

 

सम्बन्धित समाचारसबै