विजय र अञ्जनाको जोडीले फेरि जित्यो दर्शकको मन : ‘सिन्दुरे जात्रा’को ‘बाँसैको सुप्लाखे’ गीत पाँच दिनमै २३ लाख भ्युज

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘सिन्दुरे जात्रा’को गीत दर्शकले रुचाएका छन् । सिनेमाको ‘बाँसैको सुप्लाखे’ बोलको गीत दर्शकले रुचाएका हुन् । पाँच दिनमा युट्युबमा यो गीत २३ लाख बढीले हेरेका छन् । युट्युबमा गीत हेर्ने दर्शकले गीत राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । गीतले सिनेमाप्रति उत्सुकता जगाएको दर्शकले बताइरहेका छन् ।

गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ । यो गीत टिकटकमा मात्रै २० हजारभन्दा बढी भिडियोमा प्रयोग भइसकेको छ ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको नृत्यको पनि दर्शकले तारिफ गरिरहेका छन् ।‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली सिनेमा इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

सिनेमामा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमामा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता नेम महर्जन हुन् । सह-निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको सिनेमाका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । यस सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । मंसिर १८ गते रिलिज हुने सिनेमाको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । सिनेमाको थिएटर पार्टनरका रूपमा बिग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

सम्बन्धित समाचारसबै