कलाकारहरुको सहयोगमा सिनेमा ‘घर नम्बर २’को छायांकन २५ दिनमा नै प्याकअप

0 Shares

सिनेसुत्र,बिराटनगर – सिनेमा ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पूरा भएको छ।

निर्माण टिमले २५ दिनसम्म काठमाडौं र ललितपुरमा छायांकन गरेको थियो । निर्देशक दीपेन्द्र के खनालका अनुसार प्राविधिक र कलाकारहरूको सहकार्यले २५ दिनभित्र नै छायांकन सफलतापूर्वक सम्पन्न भएको छ।

सिनेमामा कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको दमदार अभिनय समावेश छ।

सिनेमा सामाजिक कथावस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ। कार्यकारी निर्माता युवराज कार्कीको अनुसार यो सिनेमालाई माघ ११ गते रिलिज गर्ने घोषणा गरिएको छ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको यस सिनेमामा शरद श्रेष्ठ, किरण मजर्हन, र राजीव श्रेष्ठको लगानी रहेको छ।

बुद्धिसागरले लेखेको कथा कृष्णबहादुर थापाले छायांकन गरेका हुन्। काठमाडौंमा यो सिनेमा रीच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीमार्फत वितरण हुनेछ।

सम्बन्धित समाचारसबै