




वार्षिकोत्सवको अवसरमा मार्टिनामा तालिम लिएका ८ जना प्रशिक्षार्थीहरूलाई दिक्षित गरियो । दिक्षित हुने प्रशिक्षार्थीहरूमा कविता दनुवार, अस्मिता श्रेष्ठ, तारा राई, कंचन राई, संगीता तामाङ, कोमल कुमारी बोथरा, मनिषा श्रेष्ठ र सृजना श्रेष्ठ रहेका छन् । मार्टिनामा तालिम लिई आफ्नै व्यापार सञ्चालन गरिरहेका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि मिना श्रेष्ठले प्रशंसापत्र वितरण गरिन् । साथै, मार्टिनालाई स्थापनाकालदेखि सहयोग गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको क्रममा वार्षिकोत्सवको केक समेत काटिएको थियो । कार्यक्रम प्रमुख अतिथि मिना श्रेष्ठले आफ्नो मन्तव्य राख्दै मार्टिना मेकअप स्टुडियोले इटहरीको सौन्दर्य क्षेत्रमा एक उदाहरणीय भूमिका खेलेको बताउँदै स्टुडियोको उज्ज्वल भविष्यको कामना गरिन् । उनले महिलाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिँदै, “महिलाहरू आफैं सक्षम हुनुपर्छ, खर्चका लागि अरूको भर पर्नु हुँदैन,” भनिन् । कार्यक्रममा सहभागी अतिथिहरूले पनि मार्टिना मेकअप स्टुडियो र प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना गरे ।