




सिनेसुत्र, बिराटनगर- २०७९ सालको दशैंमा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘प्रेमगीत ३’ अहिले ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा पनि उपलब्ध भएको छ।
केही दिनअघि मात्र ओटीटी प्लेटफर्ममा रिलिज भएको यो सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइन्छ। सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेका हुन्।
कथाले प्रेम र गीतको जीवनलाई चित्रण गर्छ, जसमा खजाग राज्यका कान्छा राजकुमार प्रेमले आफ्नो प्रेमलाई जोगाउन धेरै संघर्ष गर्नुपर्छ। प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका हुनाले भविष्यमा राजा हुने भविष्यवाणी भए पनि उनले प्रेमका लागि ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ।
अब ‘प्रेमगीत ३’ सिनेमाघर एपमा ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत पनि हेर्न सकिन्छ। यसअघि यो एप एन्ड्रोइड, आइओएस मोबाइल, र स्मार्ट टिभीमा मात्र उपलब्ध थियो। साथै, अब नेपाल र भारतबाट फोनपे क्युआर कोडमार्फत सजिलै भुक्तानी गर्ने सुविधा पनि रहेको छ, जसले दर्शकहरूलाई सिनेमा हेर्न अझ सहज बनाउनेछ।
सिनेमा हेर्न यहाँ थिच्नुहोस :