फूलपातीमा रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक, भाइरल दृश्यसहित जितुको कमेडी र पीडा

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज २४ गते फूलपातीको दिन रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरले कमेडी र पीडाको मिश्रणलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य रूपमा जितु नेपालको पात्रलाई केन्द्रमा राखेर कथा अगाडि बढाइएको छ। आफ्नो बुवाले दोस्रो विवाह गरेपछि आक्रोशित भएका जितुको विवाह गर्ने प्रयासलाई ट्रेलरमा देखाइएको छ। नीति साहको बिहेको प्रतियोगिताको क्रममा जितुले विभिन्न चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपरेको छ, जसमा भारी बोक्ने, चिया पकाउने, र लुगा धुने जस्ता प्रतियोगिताहरू समावेश छन्।

उक्त ट्रेलरमा सिनेमाको केहि भाइरल सार्वजनिक दृश्यलाइ पनि समेटिएको छ | सिनेमामा नायिका निती शाहसँग विवाह गर्ने प्रयत्नमा रहेका युवकको संघर्षलाई ट्रेलरले रोचक तरिकाले प्रस्तुत गरेको छ। ट्रेलरमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारको भूमिका प्रस्तुत गरिएको छ।

सिनेमाका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् भने उक्त सिनेमालाइ वसन्त निरौलाले निर्देशन गरेका छन्। ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, निमा पाण्डे, शिवहरी वैरागी लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइनेछ।

रेड आइ फिल्मस् व्यानरमा निर्मित यस सिनेमामा समिर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङको लगानी रहेको छ। कार्यकारी निर्माता विजय बस्याल, कथा शंकर धिताल, छायांकन श्याम तामाङ, संगीत अर्जुन पोखरेल र महेश ताम्राकारले दिएका छन्।

सम्बन्धित समाचारसबै