

सिनेसुत्र, बिराटनगर- ललितपुरको संचयकोष भवन अगाडि रहेको रोक्का प्लाजामा ‘पनास रनवे’ पुनः संचालनमा आएको छ। दरबारमार्गमा रहेको यो लोकप्रिय रनवे, कोरोनाका कारण बन्द भएको थियो, तर अब यो ललितपुरमा नयाँ र थप आकर्षक रूपमा पुन: सञ्चालनमा आएको हो।
यो सिनेमा क्षेत्रका चर्चित कलाकारहरूको विशेष उपस्थितिमा उद्घाटन गरिएको थियो। नायिका गौरी मल्ल, पूजा शर्मा, गायिका देविका बन्दना, नायक पुष्प खड्का, कुन्साङ बोमजम, र निर्मात्री पूनम गौतमले केक काटेर यस रनवेको औपचारिक उद्घाटन गरे।
उद्घाटनको क्रममा नायिका गौरी मल्लले आफूले सधैं यही रनवेबाट पहिरनहरू छान्दै आएको खुलासा गरिन्। कार्यक्रममा रनवेकी संचालिका श्वेता सिरोहियाले ‘पनास रनवे’ मा हरेक प्रकारका पहिरनहरू उपलब्ध रहेको जानकारी दिइन्।

उनले भनेकी छिन्, “हामीले सबै प्रकारका ग्राहकहरूको रोजाइलाई ध्यानमा राखेर यो रनवे पुनः सञ्चालन गरेका हौं। पहिले मानिसहरूमा यहाँका पहिरन महँगो हुने धारणा थियो, तर यसपटक भारतको महारानी कलेक्शनसँग सहकार्य गरेर उचित मूल्यमा पहिरन उपलब्ध गराएका छौं।”
निर्मात्री पूनम गौतमले पनि ‘पनास रनवे’ मा भारतका विभिन्न सहरहरू—मुम्बई, पुणे, दिल्ली—बाट ल्याइएका डिजाइनर पहिरनहरू राखिएको बताउँदै, थुप्रै डिजाइनहरूसँगको सहकार्यमा यो रनवे सञ्चालनमा आएको जानकारी गराइन्।