संचारकर्मी कुमार आचार्यको निर्देशनमा पुरानो प्रेमको जादू : ‘तिम्रै हुने मन छ’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- गायक सुर्य भुजेल र गायिका नित्या शिवाको नयाँ गीत ‘तिम्रै हुने मन छ’को भिडियो सार्वजनिक भएको छ।
यस गीतका शब्द शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने संगीत र एरेन्जमा पुरुषोत्तम न्यौपानेको योगदान छ।
भिडियोको मिक्सिङ र मास्टरिङ राजीव शाहले गरेका छन्।

भिडियोको निर्देशन संचारकर्मी कुमार आचार्यले गरेका छन्, जसमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेलले प्रमुख भूमिकामा अभिनय गरेका छन्।
गीतमा पुरानो समयको प्रेमकथा देखाइएको छ, जसमा सलोन र सिमोनको रोमान्सलाई प्रमुखता दिइएको छ।
नरेश पौडेलले सिमोनको बुवाको भूमिका निभाएका छन्, जसले सलोन र सिमोनको प्रेमको विरोधमा उभिएका छन्।

यस भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, इश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन, र प्रविण ढकालका रंगका साथै राकेश दाहालको पोस्टर डिजाइन रहेको छ। केवलमान सिंह बस्नेतको प्रोडक्सनमा बनेको यो भिडियोको पोस्ट प्रोडक्सन मुभी पोइन्टमा गरिएको हो।

गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
उक्त भिडियोको लिंक यहाँ छ:

सम्बन्धित समाचारसबै