जेन-जी आन्दोलन पछि नेपाली सिनेमा संकटमा: ‘अभिमन्यु’ पछि ‘जारी २’ को पनि प्रदर्शन रोकियो

0 Shares

सिनेसुत्र, बिराटनगर- जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीको कारण सिनेमा को रिलिज एकपछि अर्को गरि स्थगित हुन थालेका छन् । गतसाता ‘अभिमन्यु’को प्रदर्शन स्थगित भैसकेको छ । संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली सिनेमा ‘जारी २’को प्रदर्शन रोकिएको छ ।सिनेमा का निर्देशक रामबाबु गुरुङले मुलुकको वर्तमान स्थितीलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमा सिनेमा प्रदर्शन नहुने बताए । ‘मुलुकको जनजीवन पुनः लयमा फर्किन थालेको खण्डमा नयाँ मिति घोषणा हुने छ ।

विकसित घटनाक्रमले दशैंको फूलपातिमा रिलिज हुन लागेका सिनेमा को प्रदर्शन पनि प्रभावित हुनसक्ने देखिएको छ । जेनजी आन्दोलनपछि मुलुकको समग्र मुड र प्रचारप्रसार रिलिज हुँदा ती सिनेमा लाई पनि असर पर्न सक्ने देखिन्छ ।

मनोरञ्जन क्षेत्र कति चाँडो लयमा फर्किनेछ भन्ने कुरा राजनीतिक परिस्थिती कसरी अघि बढ्छ भन्ने कुरामा निर्भर हुने सिनेमा निर्देशक मनोज पण्डितले बताए ।

सम्बन्धित समाचारसबै