सुहाना र प्रकाशको जोडी चर्चामा : ‘परालको आगो’को ‘उडि जाउँ भने, म पन्छी होइन’ छोटो समयमै ११ लाखभन्दा बढी भ्युज

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी बैशाख ११ गतेबाट रिलिज हुने सिनेमा ‘परालको आगो’को ‘उडि जाउँ भने, म पन्छी होइन’ बोलको गीतलाई दर्शक-स्रोताले अत्यधिक रुचाएका छन् । सोमबार ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले अहिलेसम्म साढे ११ लाखभन्दा बढी भ्युज बटुलेको छ भने दैनिक २ लाखभन्दा बढी दर्शकको साथ पाइरहेको छ।

यो समाचार तयार पार्दासम्म गीतलाई करिब १५ हजारले लाइक गरेका छन् भने करिब ८५० जनाले प्रतिक्रिया जनाएका छन्। अधिकांश प्रतिक्रिया सकारात्मक छन् । कमेन्टकर्ता रेनुका घलानले सिनेमा की मुख्य अभिनेत्री तथा गीतमा देखिएकी सुहाना थापाको पहिरन र प्रस्तुतीको प्रशंसा गरेकी छन्। त्यस्तै, अर्का कमेन्टकर्ता समिर सुनारले पनि प्रकाश सपुत र सुहाना थापाको अभिनयको खुलेर तारिफ गरेका छन्। उनले आफू यी दुवै कलाकारका फ्यान रहेको उल्लेख गर्दै सिनेमा ‘परालको आगो’लाई सफलताको शुभकामना दिएका छन् । बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोसनकारात्मक प्रतिक्रिया भने झण्डै नदेखिएको बताइएको छ। साढे ८ सयभन्दा बढी कमेन्टमध्ये अधिकांशले गीतको तारिफ गरेका छन्। अन्जु थापाले गीत सुन्दै जाँदा अझै सुन्न मन लाग्ने भन्दै यसको आकर्षणमाथि प्रश्नसमेत उठाएकी छन्।

४५ वर्षअघि निर्माण भएको पुरानो सिनेमा ‘परालको आगो’ रिलिज हुँदा पनि यो गीत चर्चामा थियो। अहिले पुनः रि-रेकर्डमार्फत ल्याइएको यो गीतले नयाँ-पुराना दुवै पुस्ताको मन जितिरहेको देखिन्छ। सिनेमा का निर्माता सुशील पोखरेल गीतको सफलताबाट उत्साहित देखिन्छन्। उनले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज पाएकोमा दर्शकप्रति आभार व्यक्त गरेका छन्।

गीतको भिडियोमा सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय छ, जसलाई दर्शकले रुचाएका छन्। गीतका शब्दमा टिकटक र फेसबुक रिल्स पनि व्यापक रूपमा बनिरहेका छन् । शान्ती ठटालको संगीत, निशु शर्माको स्वर र मनबहादुर मुखियाको शब्द रहेको यो गीतको मूल संस्करण अरुणा लामाले गाएकी थिइन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा सुहाना थापाको अभिनय विशेष रूपमा रुचाइएको छ।गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस सिनेमा मा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा बनेको यस सिनेमा को निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ । सिनेमा लाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

सम्बन्धित समाचारसबै