‘परालको आगो’को अग्रिम बुकिङ खुल्यो : देशभर उच्च शो

0 Shares

सिनेसुत्र, बिराटनगर- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। यो सिनेमाको सोमबार नै केही हलमा बुकिङ खुलेको हो। तर यस सिनेमाको बुधबार बिहानदेखि भने देशव्यापी रूपमा उत्साहजनक रूपमा बुकिङ खुला भएको छ। देशव्यापी रूपमा अहिलेसम्म एक सयभन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो सिनेमालाई उच्च शो दिएका हुन्। भोलिसम्ममा अझै शो संख्या बढ्ने देखिन्छ।रनटाइम १३५ मिनेट लामो यस सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको छ। सिनेमाको ट्रेलर र गीतका कारण पनि यो सिनेमाको उच्च माग बढेको हो। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस सिनेमामा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमामा लगानी सुशील पोखरेलले गरेका छन्। यस सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने सिनेमाको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्। साथै सिनेमाको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ।यस सिनेमाको पाश्र्व संगीतमा किरण तुलाधर, संगीतमा शान्ति ठटाल, सत्य-स्वरुप आचार्य र प्रकाश सपुतले काम गरेका छन्। सिनेमाका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले गरेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस सिनेमालाई नेपालभर वितरण आरआर फिल्म्सले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको चर्चा पछिल्लो समय निकै बढेको छ। सिनेमाका निर्माता सुशील पोखरेल आफ्नो सिनेमा राम्रो बनेकोमा ढुक्क देखिएका छन्।

सम्बन्धित समाचारसबै