विवाहको सिजनलाई लक्षित गर्दै आयो सलोन र विमलाको डान्सिङ गीत ‘जाला जोबन’

0 Shares

सिनेसुत्र, बिराटनगर- सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित डान्सिङ गीत ‘जाला जोबन’ आज सार्वजनिक भएको छ । विवाहको मौसम चलिरहेका बेला रिलिज गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ ।

सान्भी इन्टरटेन्मेन्टको पहिलो म्युजिक भिडियो भएकोले मायाको अपेक्षा करिश्मा केसीले गरेकी छन् भने शोभित बस्नेतले सिनेमा र म्युजिक भिडियो सङै सिरिज र पोडकास्ट समेत ल्याउने योजना रहेको र पछाडि बसेर ससुरा बुहारीले काम गर्दै छोरा सलोन बस्नेतलाई अगाडि ल्याउने बताए । मोडल विमला खत्री भने आफ्नो अस्ट्रेलिया फर्किने दिन लम्ब्याएर यही गीत सार्वजनिक भए पश्चात् भोलि फर्किँदै छिन् ।

शोभित निर्देशित गीतको भिडियोमा सलोन र विमलाको अभिनय देख्न सकिन्छ । भिडियोमा विमला र सलोनको जोडीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । सिडी विजय अधिकारी र शान्ति श्री परियारको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना रहेको छ ।

गीतको रेकर्डिङ डिभाइन स्टुडियोमा सम्पन्न गरिएको हो । मौसम हिमालीको कोरियोग्राफीमा तयार पारिएको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । ओएसआर डिजिटलमा सार्वजनिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन् ।

सम्बन्धित समाचारसबै