कोशी प्रदेशका दर्शकहरूसँग भेट्न आउँदै सिनेमा ‘१२ गाउँ’ को टोली, भोलि विराटनगर र इटहरी

0 Shares

सिनेसुत्र, बिराटनगर – 

भोलि मंगलवार सिनेमा ‘१२ गाउँ’ को टोली दर्शक साक्षात्कारका लागि कोशी प्रदेशको बिराटनगर र इटहरी आउदै छन ।

यतिबेला देशभरका विभिन्न स्थानमा सिनेमा ‘१२ गाउँ’ को टोली दर्शक साक्षात्कारका लागि भ्रमण गर्दैछ। निर्माता, निर्देशक, तथा कलाकार बिराज भट्टको नेतृत्वमा रहेको टोली हाल कोशी प्रदेश पुगेको छ। आज सोमबार दिउँसो १ बजे बिर्तामोडको क्युएफएक्स सिनेमाजमा र दिउँसो ४ बजे झापाको दमकस्थित डिमेक्स सिनेमाजमा दर्शकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम रहेको छ।झापाका यी दुई हलहरूको भ्रमण पछि टोली धरानतर्फ लाग्नेछ, जहाँ धरानको फ्रेन्ड्स सिनेमाजमा आज साँझ ६:३० बजे दर्शकहरूसँग भेटघाट हुनेछ। धरान भ्रमणपछि इटहरी र विराटनगरका दर्शकहरूसँग मंगलबार भेटघाटको तयारी गरिएको छ। मंगलबार दिउँसो १ बजे इटहरीको इलाइट सिनेमा घरमा साक्षात्कार गर्दै , विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा २:३० मा र सिटि सिनेमामा ३:३० मा दर्शकहरूसँग भेट्ने कार्यक्रम रहेको बिराज भट्टले जानकारी दिएका छन्।यतिबेला सिनेमा ‘१२ गाउँ’ ले उत्साहजनक व्यापार गरिरहेको छ र दशैंको फूलपातीका दिन असोज २४ गतेदेखि रिलिज भएको यो सिनेमा तेस्रो हप्ता सम्म पनि दर्शकहरूको आकर्षणको केन्द्रमा रहेको छ। छक्कापञ्जा ५, १२ गाउँ, र ज्वाइँ साप एकसाथ रिलिज भएका थिए, जसमा छक्कापञ्जा ५ ले सर्वाधिक शो पाएको थियो भने १२ गाउँ र ज्वाइँ सापले क्रमशः शो प्राप्त गरेका थिए।

एक्सन जनरामा आधारित सिनेमा ‘१२ गाउँ’को कथा सन्तोष सरकारले लेखेका हुन् भने निर्देशन बिराज भट्टले गरेका छन्। सिनेमामा बिराज भट्ट, उनका छोरा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, सन्तोष सरकार, कनिज कोइराला, दीया मास्के लगायतका कलाकारहरूको अभिनय छ।

सम्बन्धित समाचारसबै