नया प्रदर्शन मिति घोषणा: फागुन २९ मा सुशिल श्रेष्ठको ‘आउटल: दफा २१९ रिलिज हुने

0 Shares

बिराटनगर, सिनेसुत्र –  असोजको ३  गतेबाट पोष्टपोन्ड भएको सिनेमा ‘आउटल‚ दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ। यो सिनेमा अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने पक्का झेको हो।

विक्की महर्जनको निर्देशन तथा अमित अग्रहीको निर्माणमा तयार भएको यो सिनेमाको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्टको लुक्स गज्जब छ। हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ। यसले पनि सिनेमा कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ।

सिनेमामा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनयन छ।

विनोद कठायत कार्यकारी निर्माता रहेको यो सिनेमामा विकास चौधरी सह–निर्मातको रूपमा छ। सिनेमामा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ।

सिनेमाको प्रदर्शन को नया चट्ट एक्सन को खिच्घ्न कार्णकोलागी ४० लाख खर्च गरिएको हो। जसकाकारण, सिनेमाको नया प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाई होको निर्माणपक्षले बताएको हो।

यो सिनेमाले नायक सुशिल श्रेष्टको सिनेमा क्षेत्रमा बलियो कमब्यक गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै