फागुन २ मा रिलिज हुने सिनेमा ‘रंगी’ को जापान अधिकार बिक्री

0 Shares

सिनेसुत्र, बिराटनगर-  सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन्। निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन। सिनेमा आगामी फागुन २ गते रिलिज हुँदैछ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। प्रस्तुतकर्ता सलोनका अनुसार सिनेमाले बाबुछोरीको कथा देखाउनेछ।सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो। सिनेमा ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा पाइला चालेका सलोनले सिनेमा ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन्। निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका सिनेमामा मुख्य सहायक निर्देशनको रूपमा काम गरिसकेका छन्।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै