सिनेसुत्र, बिराटनगर- अभिनेता तथा निर्माता दीपकराज गिरीले यो पटक आफ्नो “आमा सरस्वती मुभिज” को चौघेरा तोड्दै बाहिरको ब्यानरको सिनेमामा काम गर्न सहमति जनाएका छन्। निर्माता सरोज न्यौपानेसँग सहकार्य गर्दै दीपकले नयाँ सिनेमामा शीर्ष भूमिका निर्वाह गर्ने पक्का भएको छ। तर, यो “अनटाइटल” सिनेमा मात्र होइन, चर्चाको नाम “फनफनी घुमेर” समेत जोडिएको छ।
चलचित्र विकास बोर्डबाट “फनफनी घुमेर” नाममा इजाजत लिइसकेको छ। तर, नाम मात्र हो, सिनेमा तत्काल नबन्ने निर्माता न्यौपानेको भनाइले अब यो सिनेमा कत्तिको गम्भीर हो भन्नेमा प्रश्न उठाएको छ। दीपकको उपस्थिति भए पनि यो सिनेमा “फनफनी” कतै चर्चामै सीमित हुने त होइन?
निर्देशनको जिम्मा कसले लिने भन्ने अझै स्पष्ट छैन। सुयोग गुरूङको सम्भावना बलियो भनिए पनि, यसको निर्णय थाहा पाउन अझै केही दिन कुर्ने पर्ने देखिन्छ। अन्य कलाकारको चयन पनि बाँकी छ ।
छायांकन बैशाखमा सुरु गरी तिहारमा प्रदर्शन गर्ने योजना बनाइएको छ। तर, यसलाई “फनफनी” योजनामात्रै मान्ने कि वास्तविक सिनेमा यात्रा भन्ने चाँहि समयले देखाउने छ।
