नेपाल, भारत र पाकिस्तानमा एकसाथ ‘कल्ली’को प्रदर्शन हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुनको १ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ। सिनेमाका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो सिनेमा नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ।
नेपालमा नेपाली भाषामा रिलिज हुने सिनेमा भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माणपक्षको भनाई छ। सिनेमालाई भारतमा एम.के सिनेमा डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो सिनेमाsle वितरण गर्नेछन्। नेपालमा भने सिनेमाको वितरण काफिया र कुबेर सिनेमाsle गर्नेछन्। फागुनको १ गतेबाट नेपालमा भने सिनेमाको हिन्दी भर्सन रिलिज हुने छैन।‘कल्ली’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ। लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा महेश दवाडीको लेखन छ।
सिनेमामा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ। यो सिनेमाले लोभको कथा भन्छ। लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो सिनेमा बनेको निर्माणपक्षले बताएको छ। सिनेमामा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ।

सम्बन्धित समाचारसबै