सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ। छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो। सिनेमाको निर्माणपक्षले आर.आर सिनेमा सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट सिनेमा रिलिज गर्ने घोषणा गरेको हो। सिनेमालाई आर.आर सिनेमा का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन्।
कृषा चौलागाइको निर्देशनमा बन्ने यो सिनेमामा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ। यो सिनेमामा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन्। अन्य कलाकारहरु पनि सिनेमामा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ।
भदौबाट यो सिनेमाको छायांकन जापानमा सुरु हुनेछ। हाल सिनेमाको प्रि–प्रोडक्सनको काम तिव्र रूपमा अगाडि बढिरहेको छ। उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको सिनेमालाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो। सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ। सिनेमालाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ।
