0
Shares
शुभारम्भ अवसरमा हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हुने उल्लेख गर्दै सि–कार जस्तो मोडलले अटो क्षेत्रमै नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। कम्पनीका अनुसार पछिल्लो समय लोकप्रियता कमाउँदै गएको विद्युतीय सवारीको क्षेत्रमा समेत सि–कारले विशेष ध्यान दिएको छ। विशेष गरी BYD ब्रान्डको नयाँ शोरुमले ग्राहकलाई थप सहज बनाउने विश्वास गरिएको छ। साथै, विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड गाडीहरूको खरिद–बिक्री, सवारी एक्सचेञ्ज तथा वारेन्टी सेवाहरू पनि उपलब्ध छन्।
चार्जिङ सुविधाको सन्दर्भमा सि–कारले एकैपटक आधा दर्जनभन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिने द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। यसका अतिरिक्त परिसरभित्रको इटालियन रेस्टुरेन्टबाट ग्राहकले खानपानको सुविधा समेत लिन सक्नेछन्।
