कथा र टिम मन परेपछि वर्षा सिवाकोटी सिनेमा ‘जहाजैमा’मा अनुबन्धित: फागुन १ गतेदेखि प्रदर्शनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको सिनेमा ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण सिनेमामा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।यसअघि सिनेमामा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ। सिनेमाको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। उज्ज्वल गुरागाईंको निर्माण रहने सिनेमा यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ ।

केपी फिल्म्सको सहकार्यमा बन्ने यो सिनेमाको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ। नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने सिनेमाको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ। साथै, निर्माण पक्षले छायांकन सुरु हुन दुई महिना अघिनै सिनेमाको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

आर.आर फिल्म्ससँग सहकार्य गर्दै आउँदो फागुन १ गतेदेखि सिनेमा देशभर प्रदर्शनमा ल्याइने बताइएको छ। सिनेमाको वितरण आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।

सम्बन्धित समाचारसबै