समीक्षा र एलिनाको स्वरमा प्रकाश सपुतको ‘नाईं भनेसी नाईं’ ‘बदला बरिलै २’ तीजमा आउने

0 Shares

सिनेसुत्र, बिराटनगर- लोकप्रिय गायक तथा संगीतकार प्रकाश सपुतले यसपालिको तीजमा ‘नाईं भनेसी नाईं’ बोलको नयाँ गीत लिएर आउने घोषणा गरेका छन्। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस गीतमा प्रकाश सपुत स्वयंको साथमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहनेछ।सपुतले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिँदै लेखेका छन्, “गीत संगीत नै तिम्रो जरा हो, र यस मार्फत कथा भन्नु तिम्रो विशेषता! हाँगा फैलिनु राम्रो हो तर, जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है।” उनले धेरै शुभेच्छुकहरूको यो सुझावलाई मनन गर्दै यसपाली तीजमा ‘नाईं भनेसी नाईं’ मार्फत एउटा आवाज लिएर आउन लागेको बताएका छन्। उनले थप लेखेका छन्, “आवाजमा आवाज मिसाउन तयार हुनुहोस् है त।”पोस्टरमा रातो पृष्ठभूमिमा एउटा हातको छाप र नाडीमा चुरा लगाएको देख्न सकिन्छ, जसले गीतको शीर्षक ‘नाईं भनेसी नाईं’ लाई थप अर्थपूर्ण बनाएको छ। यो प्रस्तुति ‘बदला बरिलै २’ को अंश हुन सक्ने अनुमान गरिएको छ, किनकि पोस्टरमा ‘बदला बरिलै २’ पनि उल्लेख गरिएको छ।

‘प्रकाश सपुतको डेरिङ म्याडनेस’ अन्तर्गत आउन लागेको यो गीतले दर्शक तथा श्रोतामाझ कस्तो प्रभाव पार्छ, त्यो भने सार्वजनिक भएपछि नै थाहा हुनेछ।

सम्बन्धित समाचारसबै