‘मोहर’को ट्रेलर सशक्त प्रतिक्रिया सहित ५ देशमा ट्रेन्डिङ : नेपालमा दोस्रो स्थानमा

0 Shares

सिनेसुत्र, बिराटनगर-  फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण भएको सिनेमा ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाखभन्दा बढी भ्यूज युट्युबमा मिलेको छ। सिनेमाको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ।युट्युबको मुभी ट्रेलर सेक्सनअन्र्तगत यो सिनेमाको ट्रेलर नेपालमा २ नम्बरमा छ। यस्तै, मलेसियामा १७, जापानमा २७, यूएईमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ।

२० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सयभन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ। अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्। दर्शकहरूले अपेक्षा गरेको भन्दा उत्कृष्ट ट्रेलर आएको बताएका छन्।

चुम्बन जंग शाही निर्माता रहेको सिनेमामा ओम प्रतिकको लेखन तथा निर्देशन छ। सिनेमामा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ।साउन २३ गतेबाट रिलिजमा आउने यो सिनेमाले देउकी प्रथाको कथा भन्छ। सिनेमाको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रिल समावेश छ। साथै, सिनेमाले दर्शकलाई भावनामा बगाउने समेत देखिन्छ।

सामाजिक सञ्जाल टिकटकमा पनि सिनेमाको ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ। ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्स अफिसमा सिनेमाले सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै