0
Shares

यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ। ‘जारी-२: सङ अफ च्याब्रुङ’ भनिएको यस सिनेमाको अर्को पोस्टरमा दया र मिरुनालाई क्यामराका लागि हँसिलो मुद्रामा पोज दिइरहेको अवस्थामा देख्न सकिन्छ ।
सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।
‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ । सिनेमाले
