प्रेम, विवाह र सम्बन्धको कथामा बनेको सिनेमा ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको सिनेमा ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो।

यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्। कुमार केसी निर्देशित यस सिनेमामा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दिपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवासलगायतले अभिनय गरेका छन्।निर्माण पक्षका अनुसार यो गीत र सिनेमा दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित निर्माण गरिएको हो। सिनेमाको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्। यस सिनेमाको कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) हुन्।

‘मेरो जुत्ता खोइ’को भिडियो तथा ट्रेलरमा कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन्। ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। सिनेमा निकट भविष्यमै देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै