सिनेमा ‘मैझारो’को सुटिङ सेटबाट दयाहाङ राईको लुक्स बाहिरियो

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको बेला अभिनेता दयाहाङ राईको लुक्स बाहिरिएको छ। उनी लिम्बू समुदायको भेषमा हातले तिर हान्दै गरेको दृश्यमा देखिएका छन्। निर्माण पक्षले उनको भूमिका बारे आधिकारिक जानकारी बाहिर आएको छैन, तर अन्ततः उनी सिनेमा ‘मैझारो’मा मुख्य भुमिकामा हुने पुष्टि भएको छ।

निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन्। साउनको पहिलो हप्ताबाट इलाममा सुरु भएको छायांकन पूर्वी नेपालको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा सम्पन्न भएको छ।मौलिक प्रेम कथामा आधारित यस सिनेमाेमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारहरूको पनि उपस्थिति रहने छ।

सिनेमाको संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले तयार पारेका छन् भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न पाइनेछ। छायांकन सौरभ लामाले गरेका हुन्। सिनेमा वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। सिनेमा ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको छ।

सम्बन्धित समाचारसबै