प्रमोद, सलोन, रिस्ता, नम्रता एकै पर्दामा, नेपाली सिनेमा ‘स्त्री’ को शुभमुहूर्त

0 Shares

सिनेसुत्र, बिराटनगर- ऋषि पंचमीको दिन विशेष साइतमा पूजा–पाठ गर्दै सिनेमा ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रममा सिनेमाको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने यो सिनेमा यही भदौ १४ गतेदेखि छायांकनमा जानेछ। निर्देशक शाहीका अनुसार काठमाडौं आसपासमा करिब ३५ दिनको छायांकन सेड्युल रहेको छ।मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेका छन् भने जीवन शाहीकै कथामा पटकथा निर्देशक शाही र किशन अर्यालले तयार पारेका हुन्। सिनेमामा बाबुल गिरीको संगीत, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप आर्टिस्ट रहनेछन्।सामाजिक कथामा बन्ने यो सिनेमामा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ भने बाल कलाकारका रूपमा दिप्सन चिलवाल देखिनेछन्।

सिनेमाको ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन्। शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा र सिनेमा विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारसबै