सिनेसुत्र, बिराटनगर- दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत रिलिज भएको हो। गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ।
गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, बर्षा राउत लगायत फिचर रहेका छन्। सिनेमा कथाअनुसार बगेको भिडियोमा सिनेमा प्रमुख कलाकार पनि प्रस्तुत छन्। विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने नकुल खड्काले सम्पादन गरेका छन्।
दीपेन्द्र के खनाल निर्देशित सिनेमा मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा दशैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा लाई सरोज ओली र मोहितबंश आचार्य ले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमा लाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमा मा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाई को स्वर सुन्न सकिन्छ। भिडियो हेर्नुहोस :