सिनेसुत्र, बिराटनगर- दसैंको पुर्णिमाको अवसर पारेर सिनेमा ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ रिलिज भएको छ। निर्माण पक्षले सिनेमा प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्।
ओएसआरको युट्युब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन्। दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगर छन्। उनीहरुले छमछमी साकेला नाचेका छन्। नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ।
लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित यो सिनेमा कथा अनुसारकै गीत मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्। तसर्थ नेपालको पुर्वमा यो गीत तिहारको समयमा खुब चल्ने अनुमान गर्न सकिन्छ।
यस सिनेमाको यसअघि रिलिज भएको पोस्टर, टिजर र गीतले दर्शकमाझ एक किसिमको हाइप बढाई सकेको छ। यस रिलिज भएको गीत ‘तिमीलाई के थाहा सानु’ चर्चामा छ। हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय सिनेमा हो। नेपाली मौलिक प्रेम कथामा आधारित यो सिनेमा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो सिनेमाका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायांकन गरेका सिनेमा वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। कातिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो सिनेमा तक्मे प्रोडक्सनको निर्माण हो। भिडियो हेर्नुहोस :