आफ्नै शहरमा केही गर्ने चाहना : भक्तपुरमा सिनेमा महोत्सव सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- चैत ६ गत्ते शुक्रवारबाट ‘भक्तपुर सिनेमा महोत्सव’ सुरु भएको छ । नवीन सुब्बाको निर्देशनमा बनेको सिनेमा ‘गाउँ आएको बाटो’ देखाउँदै यो महोत्सव सुरु गरिएको हो । महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना गरिएको छ । भक्तपुरका युवा सिनेमा कर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गरेको हो ।

चैत ७ सम्म सञ्चालन हुने यस महोत्सवमा २४ सिनेमा प्रदर्शन गरिनेछन् । महोत्सवमा फिचरदेखि डकुमेन्ट्री अनि लघु सिनेमा समावेश गरिएको छ । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका सिनेमा महोत्सवमा देखाइँदैछन् ।  बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोसमहोत्सवको पहिलो दिन ‘ढोरपाटन’का निर्देशकद्वय सुनीर पाण्डे र राजन कठेत, सिनेमा समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सेना, निर्माता अनुप पौडेल, सिनेमेटोग्राफर बबिन दुलाललगायतको उपस्थिति रहेको थियो ।

भक्तपुर आफ्नो जन्मथलो भएकै कारण यसको आवश्यकता महसुस गरेर यहाँ महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए । ‘भक्तपुर हाम्रो जन्मथलो हो । यहाँ केही गरौं भन्ने सोच थियो, त्यसैले हामीले यो महोत्सव सुरु गर्‍यौं,’ वैद्यले भने । वैद्य सिनेमा अध्ययनरत विद्यार्थी हुन् भने महोत्सव निर्देशकको भूमिका किरण किलम्बुले निर्वाह गरेका छन् ।

सम्बन्धित समाचारसबै