दयाहाङ राईको निर्देशनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२५ , पहिलो पटक सहर-सहरमा
0
Shares
सिनेसुत्र, बिराटनगर- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२५ को तेस्रो संस्करण चैत ६ गतेदेखि सुरु हुँदैछ। मण्डला थिएटरले आयोजना गर्ने यो नौदिने महोत्सव विश्व रंगमञ्च दिवस (चैत १४) मा समापन हुनेछ।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित यो संस्करणमा नाट्यकला र संस्कृतिलाई फरक उचाइमा लैजान तयारी भइरहेको छ। यसका लागि चर्चित कलाकार दयाहाङ राई महोत्सव निर्देशक र रंगकर्मी केदार श्रेष्ठ संयोजकको जिम्मेवारीमा छन्।यो महोत्सव पहिलो पटक काठमाडौंसँगै बाहिरी सहरहरूमा पनि हुनेछ, जसले नाट्यकला र सांस्कृतिक आदानप्रदानलाई अझ फराकिलो बनाउनेछ। नाटक तथा कार्यक्रमका लागि आवेदन आह्वान गरिएकोमा सहभागी सूची चाँडै सार्वजनिक हुने मण्डला थिएटरले जनाएको छ।