विराज भट्ट र सुपुष्पा भट्टको रोमान्स केमेस्ट्री : चैत्र २७ लाई लक्षित गर्दै ‘राम नाम सत्य’को पहिलो गीत रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ । ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको सिनेमा को टिमले प्रचार आरम्भ गरेको हो ।
सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा सिनेमा का मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो सिनेमा मा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार सिनेमा का कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो सिनेमा का लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत सिनेमा मा छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो सिनेमा मा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको सिनेमा मा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । सिनेमा का स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।
यो सिनेमा ले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । सिनेमा मा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमा लाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ । भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै