‘लालिमा’ देशभर ६० भन्दा बढी शोसहित टिकट बुकिङ खुल्यो

0 Shares

सिनेसुत्र, बिराटनगर- यही शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’को टिकट बुकिङ खुलेको छ । देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन् । यस सिनेमाले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ । चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो सिनेमा हो ।वास्तविक यौनकर्मीहरूको समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस सिनेमामा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छिन् । नायक जीवन भट्टराई, नायिका उषा रजक र कलाकार शिशिर वाङदेद मुख्य भूमिकामा छन् ।

सिनेमामा अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले सिनेमा वितरणको जिम्मेवारी लिएको छ ।

बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस 

ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै