समाजको तीतो यथार्थको एक झलक : ‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- कात्तिक १५ गते रिलिज हुने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ। विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले गन्धर्व समुदायको जीवनशैली, परम्परागत पेसा, प्रेम र संघर्षलाई ट्रेलरमा समेटिएको छ ।

ट्रेलरमा गन्धर्व समुदायको पुर्ख्यौली पेसाले उनीहरूलाई कसरी समाजको तल्लो तहमा धकेलिरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ।

सिनेमा सरोज पौडेलको निर्देशनमा तयार भएको हो, जसमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ।

बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी र जान्वी पौडेलको पनि महत्वपूर्ण भूमिकारहेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ सामाजिक कथावस्तुमा आधारित सिनेमा हो, जुन गन्धर्व समुदायको जीवन, दुखाइ, र सामाजिक समस्याहरूको वरिपरि घुमेको छ। निर्माता विनोद पौडेलका अनुसार यो सिनेमा गन्धर्व समुदायको वास्तविक जीवन संघर्षलाई चित्रण गर्ने उद्देश्यले निर्माण गरिएको हो।

सिनेमाका मुख्य कलाकार विजय बराल, ट्रेलर सार्वजनिक भएसँगै प्राप्त दर्शक प्रतिक्रियाले निकै उत्साहित देखिएका छन्। उनले भने, “म निकै खुसी छु। यसपटक मैले फरक तरिकाले काम गर्ने अवसर पाएँ, र दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले मलाई थप ऊर्जा दिएको छ।”

संगीतकार प्रशान्त शिवाकोटीले सिनेमामा संगीत दिएका छन् भने हेमन्त कान्छा रसाइलीले सारङ्गीमा सुर भरेका छन्। प्रशान्त शिवाकोटी, मेलिना राई, र पुष्पन प्रधानको स्वरले पनि सिनेमामा संगीतमयता थपेको छ। संवाद महेश दवाडीले लेखेका छन्।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो सिनेमाको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

सम्बन्धित समाचारसबै