तत्कालका लागि सिनेमा ‘मिसिङ: केटी हराएको सूचनाको’ प्रदर्शन स्थगित: नयाँ प्रदर्शन मिति कहिले ?

0 Shares

बिराटनगर, सिनेसुत्र – कार्तिक ३० गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङ: केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।

सिनेमा निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्मका लागि रिलिज स्थगित गरेको जनाएको छ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा रहेको यो सिनेमा दीपेन्द्र गौचनको निर्देशनमा बनेको हो। दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए, भने अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो।ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो सिनेमा सोही कम्पनीकै व्यानरमा निर्माण भएको हो। दीपेन्द्रकै निर्माण रहेको सिनेमा ‘मिसिङ: केटी हराएको सूचना’मा उनको नै स्क्रिप्ट लेखन छ। सिनेमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ भने अमितेष शाह विशेष भूमिकामा छन्।

कार्यकारी निर्माता नकिम उद्दिन रहेका सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माताको भूमिकामा छन् भने अमितेष शाह सहायक निर्माता रहेका छन्। दीपेन्द्र गौचनको कथा र लेखनमा बनेको यस सिनेमामा अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अनि अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन रहेको छ।

म्युजिक नेपाल डिजिटल पार्टनर रहेको सिनेमाको वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्ट हुन्।

सम्बन्धित समाचारसबै