रंगी’को अन्तर्राष्ट्रिय यात्रा सुरु : सलोन बस्नेतको प्रस्तुति सिनेमा ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री

0 Shares

बिराटनगर, सिनेसुत्र – सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत सिनेमा ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो।

निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।सक्षम सुवेदीको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ।

 

सम्बन्धित समाचारसबै