बिराटनगर, सिनेसुत्र – नेपाली सिने जगतमा बहुप्रतीक्षित सिनेमा ‘मिसिङ: केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ। निर्माण टिमले नाजिर हुसेन र सृष्टि श्रेष्ठको पोस्टर सार्वजनिक गर्दै आगामी माघ ११ गते (जनवरी २४, २०२५) रिलिज मिति तोकेको हो। यसअघि यो सिनेमा गत कार्तिक ३० मा प्रदर्शन गर्ने योजना थियो।
ट्राई सिटी पिक्चर्सको प्रस्तुति रहेको यो सिनेमा सोही व्यानरमा निर्माण भएको हो। सिनेमा ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। उनले यसअघि ‘हाम्रो मुमिन’ जस्ता डकुड्रामा निर्देशन गरिसकेका छन्। यो सिनेमामा दीपेन्द्रकै कथा र स्क्रिप्ट लेखन रहेको छ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललिता देवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्णको अभिनय रहेको छ। सिनेमामा अमितेष शाह विशेष भूमिकामा छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
म्युजिक नेपाल डिजिटल पार्टनर रहेको सिनेमालाइ एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।