दयाहाङ र आँचलको रोमान्स: ‘दुखी आत्मा’का तीन पोस्टर सार्वजनिक

0 Shares

बिराटनगर, सिनेसुत्र – आगामी फागुन २ गते प्रदर्शन हुने सिनेमा ‘दुखी आत्मा’ का तीन फरक पोस्टर सोमबार सार्वजनिक गरिएका छन्। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले यी पोस्टरहरू सार्वजनिक गरेको हो।

पहिलो पोस्टरमा अभिनेता दयाहाङ राइ र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक शैलीमा देख्न सकिन्छ। दोस्रो पोस्टरमा दयाहाङलाई एकल रूपमा प्रस्तुत गरिएको छ भने तेस्रो पोस्टरमा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मा देखिएका छन्।

निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको यस सिनेमामा कवि श्रवण मुकारुङका १० कविताहरू समावेश गरिएका छन्। यसअघि ‘घामपानी,’ ‘गोपी,’ ‘छ माया छपक्कै,’ ‘दुई नम्बरी,’‘नाङ्गो गाउँ’ निर्देशन गरेका लामाका लागि यो छैटौं सिनेमा हो।

क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाले निर्माण गरेको यो सिनेमाका कार्यकारी निर्माता सुदीप ढकाल हुन्। ‘दुखी आत्मा’ ले बाहिरी हँसिलो देखिने पात्रहरूको भित्री दुःख र संवेदनालाई कथामा समेट्ने प्रयास गरेको छ।

सम्बन्धित समाचारसबै