‘परान’ सिनेमाको अग्रिम बुकिङ खुला : देशभर उत्साहजनक शो पाउँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ। भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको सिनेमा ले देशभर उत्साहजनक शो पाएको छ।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमा ले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ। भावनात्मक पारिवारिक कथानक बोकेको यो सिनेमा नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ। दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको सिनेमा मा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।

सिनेमा मा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।त्यस्तै, सिनेमा का गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। छायांकन (डि.ओ.पी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी। गुरुङले गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। सिनेमा का प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।

सम्बन्धित समाचारसबै