धनुष र क्रिती सेननको हिन्दि सिनेमा ‘तेरे इश्क में’को नेपालमा टिकट बुकिङ शुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- भोलीबाट नेपालभर रिलिज हुन लागेको बलिउड प्रेम–ड्रामा **सिनेमा ‘तेरे इश्क में’**को बुकिङ खुलिसकेको छ। अधिकांश हलवालाले यस सिनेमा आज (बिहिबार)बाट बुकिङ खुला गरेको हुन्। बुकिङ खुलिसक्दा सिनेमा प्रति दर्शकको उत्सुकता झनै बढेको देखिन्छ। निर्माता–निर्देशक आनन्द एल. रायको निर्देशनमा बनेको यो सिनेमा नेपाल बाहेक विश्वव्यापी प्रदर्शनका लागि तयारीमा छ। निर्देशक आनन्द एल. रायको निर्देशनमा बनेको यस सिनेमा मा धनुष र क्रिती सेनन मुख्य भूमिकामा रहेका छन्। प्रेम, पीडा, जोखिम र भावनात्मक द्वन्द्वको मिश्रणलाई तीव्र नाटकीय शैलीमा प्रस्तुत गरिएको यस सिनेमा मा ए.आर. रहमानको संगीत रहेको छ।

टी–सिरीज र कलर यलो प्रोडक्सनको सहकार्यमा बनेको यस सिनेमा भूषण कुमार, आनन्द एल. राय, हिमांशु शर्मा र कृशन कुमारले निर्माण गरेका हुन्। यस सिनेमा हिन्दी, तमिल र तेलुगु भाषामा दर्शकले हेर्न पाउनेछन्। निर्देशकले यसअघि ‘रन्जना’ सिनेमा निर्देशन गरेका थिए, जुन सिनेमा सफल भएको थियो। ट्रेलर हेर्नुहोस : 

 

सम्बन्धित समाचारसबै