सिनेसुत्र, बिराटनगर- आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै–कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।
पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन। सिनेमाको अधिकांश छायांकन कास्कीको याङ्जाकोट मा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ। सिनेमा राजु गिरी को निर्देशनमा तयार भएको हो। पटकथा र संवाद लक्ष्मण सुवेदी ले लेखेका छन्। उनले यसअघि आधा दर्जनभन्दा बढी सिनेमा लेखन र निर्देशन गरिसकेका छन्।
सिनेमामा सागर लम्साल (बले) का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा केसी, नवराज गिरि लगायत कलाकारको अभिनय छ। निर्देशक राजु गिरी स्वयंले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन्।
मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन्। सिनेमा उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुप ले गर्नेछ।
