बालेन शाहको आवाजमा सिनेमा ‘झरिपछिको इन्द्रेणी’ ओएसटी सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो। बालेनले आफ्नो र्‍याप बुवालाई समर्पित गरेका छन्। र्‍यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ। कोरस गायन दीक्षा उप्रेतीको रहेको छ।

‘आम नेपाली बुवा’मा र्‍यापसँगै शब्द पनि बालेनकै छन्। आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्‍यापमार्फत प्रस्तुत गरिएको छ। भिडियोमा सिनेमा ‘झरिपछिको इन्द्रेणी’का दृश्यहरू समेटिएका छन्।नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यस सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्। यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपाल फर्किएका थिए। सिनेमामा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ।

आगामी पौष ४ गते देशव्यापी रिलिज हुने यस सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकार दिप्सन चिलवालले पनि सिनेमामा अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। सिनेमाका छायाँकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेकी छन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता रहेका छन्। लाइन प्रोड्युसरका रूपमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै