चुनावी माहोलको असर : चमेलीको पोइको अनिश्चितकालका लागि प्रदर्शन स्थगित

0 Shares

सिनेसुत्र, बिराटनगर- पूर्वघोषित मितिमा ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित सिनेमा रामनवमी अर्थात चैत १३ गते प्रदर्शन गर्ने तयारी भए पनि देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को नयाँ प्रदर्शन मिति भने छिट्टै घोषणा गरिने निर्माण पक्षले जनाएको छ। प्रेस रिलिजसँगै सार्वजनिक गरिएको निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मेहनतका साथ समयमै सिनेमा निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ। साथै, केही समयअघि सार्वजनिक फर्स्टलुक पोस्टरबाट चर्चा पाएको यो सिनेमा प्रदर्शनका लागि शान्तिपूर्ण वातावरणको पर्खाइमा रहेको उल्लेख गरिएको छ।निर्देशक बोहराकै कथा रहेको सिनेमाको पटकथा शिवम अधिकारीले तयार पारेका हुन् भने छायांकन शेरबहादुर तामाङको रहेको छ। सिनेमाका निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन्। उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता तथा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह-निर्माताका रूपमा रहेका छन्।

नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरीलगायत कलाकारहरूको अभिनय रहेको यो सिनेमा आरआर फिल्मस्ले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै