सिनेसुत्र, बिराटनगर- सिनेमा ‘राम नाम सत्य’ मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ। यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत आज सार्वजनिक गरेको छ। ‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ।
रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। गीतमा सिनेमाका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्की ले नृत्य गरेका छन्। यो गीतको छायांकन दैलेखमा गरिएको हो। माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो सिनेमामा कथा, पटकथा तथा निर्देशन माइकल चन्द को छ। उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको सिनेमाका कार्यकारी निर्माताहरुमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको सिनेमाका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।
सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ। मानकृष्ण महर्जनको डीओपी रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याक ग्राउन्ड म्युजिक छ। नवराज शर्मा यो सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।
यो सिनेमामा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको यो सिनेमा प्रतिक्षामा छ। बक्स अफिसमा यो सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस 
भिडियो हेर्नुहोस :