सिनेसुत्र, बिराटनगर- यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हामी तीन भाइ’ नेपालभरका हलमा बुकिङ खुलेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने यो सिनेमाको अग्रिम टिकट बुकिङ खुलेको हो। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो सिनेमालाई सबै उमेरका दर्शकले सिनेमा हेर्न सक्ने छन्।
सिनेमालाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् भने सिनेमामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन् । बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस –
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस सिनेमालाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। तीन दाजुभाइबीचको सम्बन्ध, उनीहरूबीचको मनमुटावका साथै सिनेमामा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस सिनेमामा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे तथा विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको यस सिनेमाको पटकथा तथा संवाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन रहेको यस सिनेमाका गीतमा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन् भने सिनेमाको पाश्र्व संगीतमा सम्राट थापा, ध्वनि मिश्रणमा मुकेश शाह, रंग संयोजक रेनिश फागो रहेका छन्।
सिनेमाको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्। सिनेमामा द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने ग्राफिक्स एक्स समिर मिया, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा) रहेका छन्। यस सिनेमाको पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको छ भने सिनेमालाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ र डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।
यो सिनेमालाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेको छ। किनभने यस सिनेमाको पोस्टर, टिजरदेखि ट्रेलरसम्मलाई दर्शकले रुचाएका छन्। अब सिनेमालाई पनि दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ।